कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद लम्बियो, अब कहिलेसम्म पाइन्छ आवेदन दिन?

ज्ञानमाण्डू।कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘कुमारी इक्विटी फण्ड' नामक सामुहिक लगानी कोषमा आवेदन दिने समय लम्बिएको छ । यसअघि फण्डले पहिलो चरणमा छिटोमा मंगलबार (फागुन १८ गते) सम्म आवेदन दिन सकिने जनाएको थियो । तर, सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेका करण अब ढिलोमा फागुन २८ गतेसम्ममा आवेदन दिने समय थप गरिएको हो । 

कुमारी क्यापिटलले फागुन १४ गतेदेखि कुमारी इक्विटी फण्डको कुल ८ करोड इकाई निष्कासन गरेको थियो । क्यापिटलका अनुसार छिटोमा मंगलबार (फागुन १८ गते) सम्म आवेदन दिन पाउने व्यवस्था गरिएको उक्त फण्ड अब  ढिलोमा फागुन २८ गतेसम्म आवेदन दिन सकिन्छ। तर यदि मागभन्दा बढी आवेदन परेमा फागुन २८ गतेभन्दा अघि नै निष्कासन बन्द गर्न सकिने पनि क्यापिटलले जानकारी दिएको छ।

कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। दसवर्षे बन्दमुखी यस ‘कुमारी इक्विटी फण्ड' नामक योजना अन्तर्गत निष्कासन गरिएको कुल इकाईमध्ये १ करोड २० लाख इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई छुट्याइएको छ भने बाँकी रहेको ६ करोड ८० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि ८० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । 

यस फण्डको योजना व्यवस्थापक कुमारी क्यापिटल हो । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x