छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै

ज्ञानमाण्डू।छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन गर्न कार्यक्रमले सहयोग पुर्‍याएको जानकारी दिइन् । उनले भनिन, “ छोरीको जीवन अर्काको घर जान्छे भनेर हेला गर्दछन् । सरकारले थोरबहुत सहयोग गरेर राम्रो गर्‍यो । ” 

गत साउन १३ गते छोरी उनीले छोरी जन्म दिएकी थिइन् । नजिकको वडा कार्यालयले छोरीको नाममा बैङ्क खाता खोली दिई रु ५०० खातामा जम्मा गरिदिएको थियो । “ हरेक महिना जम्मा हुने पैसाले छोरी पढाउँछु । ।” उनीले खुसी हुँदै भनिन् । 

कार्यक्रम कार्यान्वयनमा आएपछि खाता खोल्न आउनेको सङ्ख्या बढ्दो छ । गाउँपालिकाले छोरीको खाता खोल्न आउने आमाका लागि विशेष प्राथमिकता दिएको छ । बैङ्कमा आउने महिलालाई खाता खोल्न सहयोग गर्दै आएको कुमारी बैङ्क कनकासुन्दरी शाखा प्रबन्धक भीमबहादुर धामीले जानकारी दिए । 

कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटाले प्रदेश सरकारले छोरी सुरक्षा कार्यक्रममार्फत मानव विकास सुचकांङमा पछाडि रहेका कर्णालीलाई माथि उठाउन कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिएका छन् ।

गरिबी न्यूनीकरण, बालविवाह अन्त्य, शिक्षा पहुँच विस्तारको ध्येय कार्यक्रमले लिएको छ । चालू आर्थिक वर्षको साउनपछि जन्मेका प्रत्येक छोरीको अनिवार्य बैकमा खाता हुने र खातामा गाउँपालिकाले पहिलो महिना रु एक हजार र बाँकी महिनाको रु ५०० का दरले पैसा जम्मा गरिदिने नीति लिएको छ । छात्राले माध्यमिक तह उत्तीर्ण गर्नुपर्ने र २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने प्रावधान रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x