आई.एम.ई. लाइफकाे साधारण सभा आज, आईपीओ जारी गर्ने प्रस्ताव पनि पारित गर्ने

 

ज्ञानमाण्डू। आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख १४ गते (आज) साधारण सभा गर्दै छ । यस कम्पनीको चौंथो वार्षिक साधारण सभा बेगनास हल, र्‍याडिशन होटल, काठमाण्डौंमा बिहानको ११:०० बजे गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणलाई छुट्टाईएको शेयर (आईपीओ) जारी गर्ने विशेष प्रस्ताब साधारण सभाकाे बैंठकले पारित गर्नेछ । साथै, यस कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न/गाभिन वा प्राप्ती गर्न आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि बैंठकले पारित गर्नेछ । 

त्यस्तै आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष ७७/७८ का लागि लेखापरीक्षकको नियुक्ति पनि सोही सभाले गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x