सुनको मूल्यमा प्रतितोला ६ सय गिरावट, चाँदी तोलाको कति ?

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ २१ गते, बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

बुधबार सुनको मूल्यमा गिरावट आउदा चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३२० रुपैयाँमा किनबेच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x