सर्वाधिक कम समयमा सफलतापूर्वक विश्वको सर्वोच्च शिखरमा पाइला

ज्ञानमाण्डू।आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा सफलतापूर्वक विश्वको सर्वोच्च शिखर सगरमाथा(८८४८ मि) र विश्वको चौथो सर्वोच्च पर्वत ल्होत्से(८५१६ मि) हिमालको एकै दिनमा आरोहणा गरेर नयाँ कीर्तिमान कायम गरेका छन् ।संखुवासभाका ३२ वर्षीय आरोही मिङ्मा दोर्ची शेर्पाले सहयोगीविना सबैभन्दा कम समयमा सगरमाथा र ल्होत्सेको सफल आरोहण गरेर नयाँ विश्व कीर्तिमान राख्न सफल भएका हुन् । 

शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका हुन् । जिपीएस ट्रेकिङले पनि पुष्टि गरेको शेर्पाको सर्वाधिक कम समयको रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि दाखिला हुनेछ । शेर्पाले गएको जेठ १३ गते मध्य रात १२:४४ सगरमाथाको चुचुरोमा पाइला रख्न सफल भए भने बिहान ६ बजेर ४५ मिनेटमा ल्होत्सेको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका हुन् ।यस अघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शेर्पाले नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ-नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि कीर्तिमान कायम गर्ने इच्छा जागेको बताए ।शेर्पाले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न सरकारलाई पनि सुझाव दिएका छन् ।

शेर्पाले यस अघी सगरमाथाको ५ पटकसम्म सफल आरोहण गरिसकेका छन् । ल्होत्से, मकालु, मनास्लु हिमाल ३-३ पटक चढिसकेका शेर्पाले केटु, धवलागिरी र आमादब्लाम हिमाल २-२ पटक सफल आरोहण गर्दै २० पटक नेपाली हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x