एउटै उद्यानमा ६१ प्रजातिका वनस्पति संरक्षित

टिस्टुङ, मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा रहेको एउटै उद्यानमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धी(साइटिस) मा सूचिकृत लोपोन्मुख जडिबुटीसहित ६१ प्रजातिको वनस्पति संरक्षण गरिएको छ । उद्यानमा संरक्षित वनस्पतिमा साइटिसको लोपोन्मुख सूचीमा रहेका सतुवा, सुगन्धवाल, भुतकेस, लोठसल्ला, बिखु लगायत रहेका छन् ।

त्यसैगरी उद्यानमा लोप हुँदै गएका फिरफिरे, तालिसपत्र, तेजपात, बोझो, जीवन्ती, बनमुला, एक्लेवीर, चिराइतो, काउलो, जमानेमान्द्रो लगायत संरक्षण गरिएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले बताउनुभयो ।

वनस्पतिको स्व–स्थानीय एवम् पर–स्थानीय संरक्षण, अध्ययन–अनुसन्धान र वातावरणीय सेवा र संरक्षण शिक्षा प्रदान गर्न २०२१ सालमा उद्यानको स्थापना गरिएको थियो । कूल ६५ हेक्टरमा फैलिएको उद्यानमा विभिन्न प्रजातिका लालिगुराँस र सुनाखरीको समेत छुट्टै ब्लक बनाएर संरक्षण गरिएको छ । 

वनस्पति विभागअन्तर्गत नेपालकै एकमात्र पर्वतीय वनस्पति उद्यानको रुपमा रहेको दामनस्थित उद्यानले वर्षेनी बहुमूल्य जडिबुटीहरुको विरुवा उत्पादन गरेर वितरण गर्ने गरेको केन्द्र प्रमुख पराजुलीले बताउनुभयो । वनस्पति विभागले आर्थिक विकासका लागि प्राथमिकीकरणमा राखेको ३३ प्रकारका जडीबुटीमध्ये धेरैजसो उद्यानमा संरक्षण गरेर राखिएको उहाँले जानकारी दिनुभयो । उद्यानले संरक्षित वनस्पतिहरुको अवलोकन, सुगन्धित वनस्पति तथा जडिबुटीसम्बन्धी जानकारी, वनस्पति संरक्षण शिक्षासम्बन्धी जानकारी लगायतको सेवा दिँदै आएको छ । नेपालमा रहेका ११ वटा वनस्पति उद्यान मध्ये मकवानपुरमा ३ वटा रहेका छन् भने दुई वटा थाहा नगरपालिकामै रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x