जीवन विकास लघुवित्तकाे नाफा ५७ करोड ७५ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ५७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ०३ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको जीवन विकास लघुवित्तले २२ अर्ब ८३ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, जीवन विकास लघुवित्तले ९ अर्ब ८२ करोड ०४ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ रहेको छ।

जीवन विकास लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २०.३८ प्रतिशतले बढेर १ अर्ब २० करोड ६९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात शुन्य दशमलव ८३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ७४ रुपैयाँ ४६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x