भ्रमण वर्ष ‘एक महिना, एक कार्यक्रम’

ज्ञानमाण्डू।नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई लक्षित गरी बागलुङका होटेल व्यवसायलाई पर्यटक मैत्री बनाइने भएको छ ।

बागलुङ पर्यटन विकास समितिले ‘एक महिना, एक कार्यक्रम’ अनुसार पहिलो महिना पोखरामा सफल ठानिएका लेकसाइडका होटेल रेष्टुराँको अध्ययन अवलोकन गर्ने भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ पर्यटन विकास समिति र बागलुङ होटेल तथा रेष्टुराँ व्यवसायी समितिको संयुक्त आयोजना तथा होटेल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको संयोजनमा पोखरामा सञ्चालित होटेल तथा रेष्टुराँ व्यवसायको अध्ययन गरिने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । “भ्रमण वर्षमा आउने आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष होटेल व्यवसायसँगै जोडिन आउँछन्”, उनले भने , “पर्यटकले रुचाउने खालका होटलको व्यवस्थापन गर्नका लागि पोखराका होटलको अवलोकन गर्ने कार्यक्रम तय गरेका हौँ ।” 

पर्यटनका लागि पोखरामा होटेल व्यवसाय सफल र चर्चा गर्न लायक मानिन्छ । होटेल व्यवसायी महासङ्घ गण्डकी प्रदेश समितिका संयोजक अर्जुन चोखालले भने , “भौतिक पूर्वाधारका कारण मात्र पर्यटकले होटेल रुचाउदैनन् । खानपान, आतिथ्यता, सत्कारलगायतका अन्य विषय पनि पर्यटन मैत्री बनाउन आवश्यक हुन्छ ।” 

भ्रमणले बागलुङ जिल्लाका होटेल तथा रेष्टुराँ व्यवसायीको व्यावसायिक ज्ञान, सीप, क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । पर्यटन विकास समितिका अनुसार आगामी माघ ८ गतेदेखि १० गतेसम्म पोखराको लेकसाइडका होटेलको अवलोकन, स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत, सत्कार र सेवा प्रदान गरिरहेका होटेल व्यवसायीसँग अनुभव आदानप्रदान गरिनेछ । 

साथै नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँग पर्यटन नीति तथा कार्यक्रमको विषयमा जानकारी लिने, बागलुङका व्यवसायीको समस्या अवगत गराउने, बागलुुुुङमा सरकार र व्यवसायीबिचको सहकार्यमा पर्यटन प्रवर्द्धनका कार्यक्रम बनाउने, गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने योजना रहेको छ । 

भ्रमणका क्रममा पोखराका स्थानीय व्यक्तित्व तथा पोखरामा आउने पर्यटकलाई बागलुङसम्म ल्याउनका लागि निमन्त्रणासमेत गर्ने योजना राखिएको छ । भ्रमणका क्रममा होटेल तथा कर्मचारीको सरसफाइ, अतिथि सत्कार, स्वादिष्ट खानाका परिकार, पर्यटकलाई आकर्षित र सन्तुष्टि दिलाउनेलगायतका विषयमा नयाँ जानकारी प्राप्त गरी बागलुङका होटललाई पर्यटन मैत्री बनाउन पहल थालिने समितिले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x