ग्लोबल आइएमई बैंकद्वारा कल सेन्टरको सुरुवात

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एक द्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ ।

ग्लोबल कनेक्टले अहिलेको डिजिटल युगको आवश्यकता अनुसार बैंकका ग्राहकहरुको मागलाई सम्बोधन गर्ने बैंकले जनाएको छ । ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्नेछन् ।

ग्राहकहरुले +९७७–१–५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नेछन् । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीहरुलाई थप टेवा पुग्ने विश्वास रहेको बैंकले जनाएको छ । 


ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x