सिद्धार्थ बैंकको नाफा २ अर्ब ९ करोड

ज्ञानमाण्डू। सिद्धार्थ बैंकको नाफा ७.३० प्रतिशतले घटेकाे छ । आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममाबैङ्कले २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब ९ करोड २७ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । 

९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थ बैंकले १ खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड ८० लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख ६४ हजार रुपैयाँ र संचित मुनाफा ९४ कराेड ४६ लाख ८७ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ७९ लाख १० हजार रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ८६ करोड ६४ लाख ८५ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.५६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा छ र मूल्य आम्दानी अनुपात १३.८४ गुणा छ ।

As on  31st Ashadh 2077 BS

विवरण
  चाैथाे त्रैमास २०७६/७७
      (रू हजारमा)
चुक्ता पुँजी
रू ९,७८,७७,६७
निक्षेप संकलन
रू १,३९,६०,९४,९८
कर्जा लगानी
रू १,२३,४४,८०,९०
खुद ब्याज आम्दानी
रू ५,५८,७९,१०
नाफा/(नाेक्सान)
रू १,०२,६५,४९
जगेडा कोष
रू ५,२४,३३,६४
संचित मुनाफा
रू ९४,४६,८७
निष्कृय कर्जा
१.५६%
प्रतिशेयर आम्दानी
२१ रुपैयाँ ३८ पैसा
प्रतिशेयर नेटवर्थ
१६३ रुपैयाँ २२ पैसा
आम्दानी अनुपात
१३.८४ गुणा

Siddhartha Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x