नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश र ‘स्टक स्प्लीट’ प्रस्ताव पारित गर्ने

ज्ञानमाण्डू।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो बिसौँ वार्षिक साधारण यही माघ २८ गते, होटल भिष्वा, वीरगञ्जमा गर्ने भएको छ । इन्स्योरेन्सको सो सभा बिहान ९ बजे पश्चात् आरम्भ हुनेछ। कम्पनीको माघ १० गते, सोमबारका दिन बसेको सञ्चालक समितिको ३१४ औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । यसका साथै आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । 

सो सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर र प्रतिशेयर २० रुपैयाँ अर्थात २० प्रतिशत नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने उल्लेख गरेको छ।

यसका साथै सम्बन्धित निकायबाट स्वीकृती प्राप्त गरेपश्चात कम्पनीको प्रतिशेयर मूल्य १०० रुपैयाँ रहेकोमा सो शेयरमूल्य सम्बन्धि व्यवस्थालाई परिवर्तन गरी प्रतिशेयर मूल्य ५० रुपैयाँ कायम गर्ने अर्थात ‘स्टक स्प्लीट’ गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्प्नीले माघ १४ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x