नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन आग्रह

ज्ञानमाण्डू।प्रगतिशील लेखक सङ्घले अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ । नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेका अवस्थामा यस्ता राष्ट्रिय प्रयोजनमा नेपाली भाषा कायम गर्न सङ्घले सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेको हो । 


सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहद्वारा जारी गरिएको विज्ञप्तिमा तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ ।यसैगरी सङ्घले भूकम्पपछि अलपत्र ललितपुरस्थित राष्ट्रिय पुस्तकालयलाई काठमाडौँमा सार्ने निर्णय स्थगन भएकामा पनि चिन्ता व्यक्त गरिएको छ । पठन संस्कृतिको प्रवद्र्धनका लागि राष्ट्रिय पुस्तक नीति ल्याउन र उक्त पुस्तकालयलाई जमलमा स्थापित गर्न पनि सङ्घले आग्रह गरेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x