सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तनि सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज १२ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ८९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ।



अघिल्लो कारोबारी दिन अर्थात साेमबार असाेज ११ गतेका दिन, छापावाला सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


 

मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x