तीन महिनामा ६ अर्ब अधिकको सार्वजनिक धितोपत्र निष्काशन हुँदा साढे ४१ अर्ब नेप्सेमा सूचीकृत


ज्ञानमाण्डू।राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालु आर्थिक वर्ष २०७८/७९ असोजसम्ममा कुल ४१ अर्ब ६० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रिय बैंकले नेपाल धितोपत्र बोर्डले ६ अर्ब २ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ को तेस्रो महिनासम्ममा नेपाल स्टक एक्सचेन्जमा ३३ अर्ब ३ करोड बराबरको डिबेन्चर, ३ अर्ब ५६ करोड बराबरको साधारण शेयर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, १ अर्ब २८ करोड बराबरको बोनस शेयर र १ अर्ब २३ करोड बराबरको हकप्रद शेयर गरी कुल ४१ अर्ब ६० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

त्यसैगरी, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोड बराबरको साधारण शेयर, १ अर्ब २० करोड बराबरको डिबेन्चर र २४ करोड बराबरको हकप्रद शेयर गरी कुल ६ अर्ब २ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x