एन आई सि एशिया लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे, याेग्यता +2 पास

nic asia

ज्ञानमाण्डू। एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनिको रुपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित लघुवित्त वित्तीय संस्था हो । लघुवित्त क्षेत्रमा सबैभन्दा वढी शाखा सञ्जाल विस्तार गरी देशभरि ७४ जिल्लामा २८७ शाखा कार्यालयहरू मार्फत आफ्नो लघुवित्त कार्यक्रम सञ्चालन गरी वित्तीय पहुँच नभएको ग्रामीण क्षेत्रमा शाखाहरू सञ्चालन गरी वित्तीय सेवा सविधा उपलब्ध गराउन महत्वपूर्ण योगदान गरीरहेको छ । यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयहरूलाई देहाय बमोजिमका पदहरूमा कर्मचारीहरू आवश्यक भई खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ ।

विज्ञापन नं. : ०१/२०७९/०८०

पद : निक्षेप सम्बन्ध प्रबन्धक (Deposit Relationship Manager)

श्रेणी : सहायक प्रबन्धक

संख्या :

आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त संस्थाबाट स्नातक तह उत्तिर्ण गरि लघवित्त वा बैक तथा वित्तीय संस्थामा निक्षेप विभागमा Deposit Relationship Manager/Branch Manager भइ कम्तिमा ५ वर्ष कार्य अनुभव भएको (लघुवित्त वित्तीय संस्थामा निक्षेप विभागमा निक्षेप प्रमुख भइ काम गरेको वा बैक तथा वित्तीय संस्थामा निक्षेप विभागमा कर्पोरेट अफिसमा काम गरेकालाई विशेष प्राथमिकता दिइने छ ।)

 

विज्ञापन नं. : ०२/२०७९/०८०

पद : निक्षेप सम्बन्ध अधिकृत (Deposit Relationship Officer)

श्रेणी :  अधिकृत / सुपरभाइजर

संख्या : केही

आवश्यक न्यूनतम योग्यता : अधिकृत श्रेणीको लागि मान्यता प्राप्त संस्थाबाट स्नातक तह उत्तिर्ण गरि लघुवित्त वा बैंक तथा वित्तीय संस्थामा Deposit Relationship Officer मा कम्तिमा ३ वर्ष कार्य अनुभव भएको र सुपरभइजर श्रेणीको लागि मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरि लघुवित्त वा बैंक तथा वित्तीय संस्थामा कम्तिमा ३ वर्ष कार्य अनुभव भएको (निक्षेप परिचालन कार्यको अनुभव भएकोलाई विशेष प्राथमिकता दिइनेछ ।)

विज्ञापन नं. : ०३/२०७९/०८०

पद : ACCA वा Semi Qualified CA

श्रेणी : अधिकत/ सुपरभाइजर

संख्या : केही

आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त संस्थाबाट ACCA परिक्षा उत्तिर्ण भएको वा Semi Qualified CA  

 

विज्ञापन नं. : ०४/२०७९/०८०

पद : उप प्रदेश

श्रेणी : कनिष्ठ अधिकृत प्रमुख

संख्या : केही

आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त संस्थाबाट स्नातक तह उत्तिर्ण गरि लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा ४ वर्ष कार्य अनुभव भएको तथा अधिकृत श्रेणीमा १ देखी ३ वर्षको कार्य अनुभव भएको (क्षेत्रिय प्रबन्धक/Area Manager वा Monitoring Officer को रुपमा कार्य अनुभव भएकोलाई विशेष प्राथमिकता दिइने छ।) 

 

विज्ञापन नं. : ५ ०५/२०७९/०८०

पद : शाखा प्रमुख

श्रेणी : सुपरभाइजर / वरिष्ठ सहायक

संख्या : केही

आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरि लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य अनुभव भएको तथा शाखा प्रमुख भई कम्तिमा १ वर्ष कार्य गरेको । (स्थानियलाई विशेष प्राथमिकता दिइने छ ।)

उमेरको हद:
आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ३५ वर्ष ननाघेको ।

परीक्षाको किसिम :

  • प्रारम्भिक रुपमा छनौट सूचीमा परेका प्रतिस्पधीहरूलाई अन्तरवार्ताको माध्यमबाट अन्तिम छनौट गरिनेछ ।
  • रितपूर्वक प्राप्त दरखास्तहरू मध्येबाट छनौट सूचीमा (Short List) मा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ । लघुवित्त वित्तीय संस्थाले कुनै कारण नजनाई केही वा सम्पूर्ण आवेदन अस्विकृत गर्न सक्नेछ।
  • आवेदकहरूले आवेदनमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रोसँग चिन्ने कुनै दुई जना व्यक्ति (Reference Person) को नाम सम्पर्क नम्बर तथा इमेल ठेगाना लगायतका विवरणहरू उल्लेख गरिएको Bio Data संलग्न गर्नु पर्नेछ।


आवेदन दिने अन्तिम मिति : २०७९/०५/०५ (तदनुसार August 21, 2022)

 

Note : आवेदन दिनका लागि यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको वेभसाईट http://www.nicasialaghubitta.com/careers बाट आवेदन दिन सकिनेछ।

Click here to join Gyanmandu.com's Viber Community

NIC ASIA Laghubitta Bittiya Sanstha Ltd. 

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि.

Corporate Office: Banepa-8, Kavrepalanchowk, 

Phone : 011-660034

www.nicasialaghubitta.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x