ङादी ग्रुप पावरकाे हकप्रद शेयर आज देखि लिलामी मार्फत विक्रीका लागि खुला

Ngadi Group Power Limited

ज्ञानमाण्डू। ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर साउन १८ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएकाे छ।

कम्पनीले १ बराबर १ दशमलव ५ को अनुपातमा प्रति शेयर रु.१०० अङ्कित दरकाे हाल कायम रहेको चुक्तापूँजी रू.७० करोड ६९ लाख ३२ हजार ४०० को १५० प्रतिशतले हुन आउने १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद साधारण शेयर निष्कासन गरेको कम्पनीले जनाएकाे छ।

लिलामी मार्फत विक्री हुन लागेकाे कम्पनीकाे १ करोड ६ लाख ३ हजार ९८६ कित्ता शेयरकाे मूल्य प्रति कित्ता न्युनतम रु.१०० तोकिएको छ। उक्त हकप्रद शेयरहरु खरीद गर्ने इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले भदाै ७ गते सम्ममा बोलपत्र आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएकाे छ। यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार पुग्ने कम्पनीले जनाएकाे छ ।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। उक्त कम्पनीको हकप्रद शेयर खरिदका लागि सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचाैँर, नक्साल, काठमाण्डाैँ र तोकिएका अन्य कार्यालयहरूबाट आवेदन पेस गर्न सकिनेछ।

त्यसका साथ-साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त कुनै बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन पेस गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x