ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर बाग्लुङ्गको बलेवामा

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा सो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।


एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले गर्नुभएको हो । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Global IME Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x