वाणिज्य बैङ्कहरू मध्ये व्यवसाय विस्तारमा को आक्रामक ?


ज्ञानमाण्डू। जुन सुकै अवस्थामा पनि वाणिज्य बैङ्कहरूको नाफामा वृद्धि या गिरावट देखिनुको एउटा प्रमुख कारण खुद व्याज आम्दानीको सङ्कलन हुने गर्दछ । मुख्यतः अन्य श्रोतबाट मुनाफा लिइरहेकाका वाणिज्य बैङ्कहरूले खुद व्याज आम्दानीमा भने आकर्षक वृद्धि गर्न नसकेको देखिन्छ जसको प्रत्यक्ष असर व्यवसाय विस्तारबाट हुने मुनाफामा हुने गर्दछ।

दीर्घकालीन रूपमा हेर्दा बैङ्कले कमाउनु पर्ने भनेकै कर्जा प्रवाह मार्फत नै हो। अन्य श्रोतबाट आएको आम्दानी नियमित हुन्छ भन्ने पनि हुँदैन । त्यसैले दीर्घकालीन रूपमा हेर्दा बैङ्कले कस्तो प्रदर्शन गर्छ भन्ने कुरा बैङ्कको मुख्य निक्षेप र कर्जामा भर पर्दछ। किनकि बैङ्कको प्रमुख आम्दानीको श्रोत भनेकै खुद व्याज आम्दानी हो र व्याज आम्दानी बैङ्कले कर्जा प्रवाहबाट प्राप्त गर्दछ र कर्जा प्रवाहका निमित्त बैङ्कलाई निक्षेपको आवश्यकता पर्दछ।

  • खुद व्याज आम्दानीको अवस्था:

चालु आ.व.को पहिलो ३ महिनाको सार्वजनिक वित्तीय विवरण अनुसार २७ वाणिज्य बैङ्कले कुल ३६ अर्ब ३३ करोड अधिक खुद व्याज आम्दानी गरेको देखिएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.०४ प्रतिशतको वृद्धि हो। गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको खुद व्याज आम्दानी ३२ अर्ब १४ करोड रुपैयाँ रहेको थियो ।

चालु आ.व.को पहिलो ३ महिनामा सबैभन्दा धेरै खुद व्याज आम्दानी एनआईसी एशिया बैङ्कले गरेको छ । बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा नै २ अर्ब ७८ करोड रुपैंया खुद व्याज आम्दानी सङ्कलन गरेको छ । त्यसै गरी, राष्ट्रिय वाणिज्य बैङ्कले २ अर्ब ३४ करोड खुद व्याज आम्दानी सङ्कलन गर्दा ग्लोबल आइएमई बैङ्कले २ अर्ब ३३ करोड रुपैंया, नबिल बैङ्कले २ अर्ब २४ करोड रुपैंया र सिद्धार्थ बैङ्कले १ अर्ब ७५ करोड रुपैंया खुद व्याज आम्दानी सङ्कलन गरेको छ ।

यता, चालु आ.व.को पहिलो ३ महिनामा सर्वाधिक कम खुद व्याज आम्दानी सेञ्चुरि कमर्सियल बैङ्कको रहेको छ। बैङ्कले चालु आ.व.को पहिलो ३ महिनामा ६७ करोड १७ लाख रुपैंया खुद व्याज आम्दानी सङ्कलन गरेको छ ।

  • निक्षेप सङ्कलनको अवस्था:

२७ वाणिज्य बैङ्कले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४१ खर्ब ३३ अर्ब अधिक निक्षेप सङ्कलन गरेका छन्। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१६ प्रतिशतको वृद्धि हो। गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूले ४० खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका थिए । चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा बैङ्कहरूले प्रकाशित वित्तीय विवरण अनुसार कुल ४१ खर्ब ३३ अर्ब रुपैयाँ अधिक निक्षेप सङ्कलन गरेका २७ वाणिज्य बैङ्कहरूले औसतमा १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको देखिएको छ । यस अवधिमा १३ वटा बैङ्कले औसत भन्दा बढी निक्षेप सङ्कलन गरेका छन् भने १४ यस्ता बैङ्कको निक्षेप सङ्कलन औसत सिमा भन्दा कम रहेको देखिएको छ ।

चालु आ.व.को पहिलो ३ महिनामा सबैभन्दा धेरै एनआईसी एशिया बैङ्कको निक्षेप सङ्कलन रहेको छ। बैङ्कले असोज मसान्तसम्ममा २ खर्ब ७८ अर्ब निक्षेप सङ्कलन गर्न सफल भएको छ भने दोस्रोमा ग्लोबल आइएमई बैङ्कले २ खर्ब ६७ अर्ब निक्षेप सङ्कलन गरेको छ। त्यस्तै सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कले २ खर्ब ४० अर्ब निक्षेप सङ्कलन गरेको छ।

यता, चालु आ.व.को पहिलो ३ महिनामा सबैभन्दा कम निक्षेप सङ्कलन नेपाल बङ्गलादेश बैङ्कको रहेको छ। बैङ्कले असोज मसान्तसम्ममा ७७ अर्ब ८८ करोड निक्षेप सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ।

banks of nepal

  • औसत भन्दा धेरै निक्षेप सङ्कलन गर्ने बैंकहरु:

चालु आ.व.को पहिलो ३ महिनामा एनआईसी एशिया बैङ्क, ग्लोबल आईएमई बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नबिल बैङ्क, सिद्धार्थ बैङ्क, एनएमबी बैङ्क, नेपाल बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, प्रभु बैङ्क, एभ्रेष्ट बैङ्क, प्राइम कमर्सियल बैङ्क, कुमारी बैङ्क र कृषि विकास बैङ्कले औसत भन्दा बढी निक्षेप सङ्कलन गरेका छन् ।

  • कर्जा प्रवाहको अवस्था:

२७ वाणिज्य बैङ्कले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३८ खर्ब ८ अर्ब कर्जा लगानी गरेका छन्। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.५९ प्रतिशतको वृद्धि हो। गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूले ३५ खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा बैङ्कहरूले प्रकाशित वित्तीय विवरण अनुसार कुल ३८ खर्ब ८ अर्ब रुपैयाँ अधिक कर्जा प्रवाह गरेका २७ वाणिज्य बैङ्कहरूले औसतमा १ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यस अवधिमा १२ वटा बैङ्कले औसत भन्दा बढी कर्जा लगानी गरेका छन् भने १५ यस्ता बैङ्कको कर्जा लगानी औसत सिमा भन्दा कम रहेको देखिएको छ ।

सबै भन्दा धेरै २ खर्ब ६४ अर्ब कर्जा प्रवाह एनआईसी एशिया बैङ्कले गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैङ्कले २ खर्ब ५१ अर्ब कर्जा प्रवाह गरेको छ। त्यस्तै नबिल बैङ्कले २ खर्ब ७ अर्ब कर्जा प्रवाह गर्न सफल भएको छ।

यता, चालु आ.व.को पहिलो ३ महिनामा सबैभन्दा कम कर्जा लगानी स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको रहेको छ। बैङ्कले असोज मसान्तसम्ममा ६८ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको तथ्याङ्कले जनाएको छ।

  • औसत भन्दा धेरै कर्जा प्रवाह गर्ने बैङ्कहरू :

चालु आ.व.को पहिलो ३ महिनामा एनआईसी एशिया बैङ्क, ग्लोबल आईएमई बैङ्क, नबिल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, सिद्धार्थ बैङ्क, एनएमबी बैङ्क, कृषि विकास बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, कुमारी बैङ्क, नेपाल बैङ्क, प्राइम कमर्सियल बैङ्क र मेगा बैङ्कले औसत भन्दा बढी कर्जा लगानी गरेका छन् ।

अस्वीकरण: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x