सुनको मूल्यमा गिरावट, चाँदी तोलाको कति ?


ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ११ गते, मंगलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ ।



अघिल्लो कारोबारी दिन अर्थात सोमबार जेठ १० गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुनको मूल्यमा गिरावट आएपनि चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x