छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा

ज्ञानमाण्डू। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले अझै पनि छोरा र छोरीलाई शिक्षा दिने कार्यमा विभेद रहेकाले त्यसको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्  । 

जिल्ला बाल क्लब सञ्जाल काभ्रेपलान्चोकको आयोजनामा पाँचौँ जिल्ला बाल भेलामा उनले बाल अधिकार गर्भबाट सुरु हुने भएकाले स्वस्थ रूपमा जन्मिन पाउनुपर्ने अधिकार र जन्मदेखि सुरक्षित जीवन निर्वाहको पक्ष र त्यसका लागि शिक्षा र स्वस्थ जीवन जिउन पाउनुपर्ने अधिकारमा भेदभाव हुन नदिन आम अभिभावक सचेत हुनुपर्ने जनाए  ।

मन्त्री बास्कोटाले अहिले पनि गाउँका कलेजहरू छोराबुहारी पढ्ने थलो मात्रै भएको उल्लेख गरे। बालबालिकाको जीवनको दिशा परिवारबाट हुने भएकाले अभिभावकहरूले पनि त्यही अनुसारको शिक्षा दिन आवश्यक रहेको मन्त्री बास्कोटाको भनाइ रह्यो । बालबालिकाको ज्ञान र क्षमता भर्ने कुरा परिवारबाट नै हुने र बालबालिकालाई पढेर मात्रै नभई बाहिरी ज्ञानले पनि थप निपुण बनाउने भएकाले अभिभावकले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनले औँल्याए  ।

सो क्रममा मन्त्री बास्कोटाले गैरसरकारी सङ्घसंस्थाले समाज चलाउने नभई समन्वय मात्रै गर्ने भएकाले बालबालिकालाई त्यसको मात्रै भर नपर्न आग्रह गर्दै सिक्दै गरेका जीवन कलाको अनुभवका आधारमा भोलिको बाटो तय हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । मन्त्री बास्कोटाले धेरै चीजमा समाज बदलिसकेको उल्लेख गर्दै विगतमा जे जसरी बालापन बिते पनि अबको समयमा आम बालबालिकालाई अनुशासित भएर आफ्नो जिम्मेवारी निभाउन सुझाएका छन्  ।

शिक्षा, ज्ञान, चेतना, अधिकार, बोल्न सक्ने र बोल्न पाउने तथा कमाउन पाउनेलगायत संविधानले मानव अधिकारको सुनिश्चित गरिसकेको हुँदा त्यहीभित्र बाल र महिला अधिकार पर्ने भएकाले सरकारको मात्रै आलोचना गर्ने नभई त्यसको पूर्ण पालनामा ध्यान दिन मन्त्री बास्कोटाले सबैमा आग्रह गरे।

सो अवसरमा उनले बालबालिकालाई आजैबाट जिम्मेवार बनाउन सकेमा मात्रै भोलिका कर्णधार बन्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । मन्त्री बास्कोटाले जीवनलाई चलायमान बनाउन सुझाव दिनुहुँदै ठुलालाई भन्दा पनि श्रमप्रति सम्मान गर्न सिक्नुपर्ने र पछिल्लो समयमा समाजमा छाडापन बढ्दै गएकाले सोच्ने तरिकामा बदल्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य चन्द्र लामाले देशको भूराजनीतिक अवस्थालाई अङ्गीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले भूगोलको हिसाबले सबैलाई समेट्ने खालको नेतृत्व चयन गर्न सुझाव दिए ।

पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले नगरभित्र १५० भन्दा बढी बाल क्लबहरू गठन गरी त्यसको नियमित बैठक बस्ने र बाल क्लबले तर्जुमा गरेका १४ वटा योजना सञ्चालन भइरहेको बताए । सो क्रममा उनले बाल क्लब र बाल सञ्जालको काम सँगसँगै आफ्नो पढाइलाई पनि अगाडि बढाउन सुझाव दिए । कार्यक्रममा बाल अधिकारको क्षेत्रमा निरन्तर सहयोग पुर्‍याएको भन्दै अधिकार कर्मी भोजराज तिमल्सिना, धुलिखेल नगरपालिका सामाजिक विकास शाखा अधिकृत विदुर गौतम र सामाजिक अभियन्ता कृष्णचन्द्र आचार्यलाई सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x