शुक्रबार नेप्सेद्वारा मूल्य समायोजित पाँच कम्पनीहरूको आगामी कारोबारी मूल्य कति ?

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार पुस १६ गतेका दिन पाँच कम्पनीहरूको मूल्य समायोजन गरेको छ। नेप्सेले यस दिन नबिल बैङ्क, कृषि विकास बैङ्क, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त र हिमालयन डिस्टिलरीको शेयर मूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले शुक्रबार यी कम्पनीहरूको बोनस शेयर पछिको मूल्य समायोजन गरेको जनाएको छ।

नेप्सेले शुक्रबार दुई वाणिज्य बैङ्कहरूको बोनस शेयर पछिको मूल्य समायोजन गरेको जनाएको छ । यस दिन नेप्सेले नबिल बैङ्क र कृषि विकास बैङ्क लिमिटेडको शेयर मूल्य समायोजन गरेको हो। नेप्सेले नबिल बैङ्क र कृषि विकास बैङ्कको क्रमशः ३३.६० प्रतिशत र २० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो ।



शेयर मूल्य समायोजन पश्चात् नबिल बैङ्कको शेयर मूल्य १ हजार ८५ रुपैयाँ निर्धारण भएको छ भने शेयर मूल्य समायोजन पश्चात् कृषि विकास बैङ्कको शेयर मूल्य ४१० रुपैयाँ निर्धारण भएको छ। नेप्सेले नबिल बैङ्कको अघिल्लो कारोबारी दिन अर्थात् बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १ हजार ४५० रुपैयाँका आधारमा उक्त वाणिज्य बैङ्कको भाउ समायोजन गरेको हो । त्यसै गरी, नेप्सेले कृषि विकास बैङ्कको अघिल्लो कारोबारी दिन अर्थात् बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ४९२ रुपैयाँका आधारमा उक्त बैङ्कको भाउ समायोजन गरेको जनाएको छ ।

सोही मूल्यलाई आधार मानेर आइतबार नबिल बैङ्क लिमिटेड(NABIL) र कृषि विकास बैङ्क लिमिटेड(ADBL)को शेयर कारोबार खुला हुनेछ ।

नेप्सेले शुक्रबार हिमालयन डिस्टिलरीको पनि ७५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो। शेयर मूल्य समायोजन पश्चात् हिमालयन डिस्टिलरीको शेयर मूल्य ३ हजार ९२५ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात् बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ६ हजार ८७० रुपैयाँका आधारमा उक्त कम्पनीको भाउ समायोजन गरेको हो । सोही मूल्यलाई आधार मानेर आइतबार हिमालयन डिस्टिलरी लिमिटेड(HDL)को शेयर कारोबार खुला हुनेछ ।



यस दिन नेप्सेले गुडविल फाइनान्स लिमिटेडको ९.१० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो । शेयर मूल्य समायोजन पश्चात् गुडविल फाइनान्सको शेयर मूल्य ५३३ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात् बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ५८२ रुपैयाँका आधारमा उक्त फाइनान्स कम्पनीको भाउ समायोजन गरेको हो । सोही मूल्यलाई आधार मानेर आइतबार गुडविल फाइनान्स कम्पनी लिमिटेड(GFCL )को शेयर कारोबार खुला हुनेछ ।



त्यस्तै, नेप्सेले शुक्रबार एक लघुवित्तहरूको पनि बोनस शेयर पछिको मूल्य समायोजन गरेको जनाएको छ । यस दिन नेप्सेले फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको हो। नेप्सेले फरवार्ड लघुवित्तको ३५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो । शेयर मूल्य समायोजन पश्चात् फरवार्ड लघुवित्तको शेयर मूल्य १ हजार ९६२ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। सोही मूल्यलाई आधार मानेर आइतबार फरवार्ड लघुवित्त वित्तीय संस्था(FOWAD)को शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात् बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता २ हजार ६५० रुपैयाँका आधारमा उक्त लघुवित्त कम्पनीको भाउ समायोजन गरेको हो । 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x