सिद्धार्थ बैंककाे ईलाम फिक्कलमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न

ज्ञानमाण्डू।सिद्धार्थ बैंक लिमिटेडकाे ईलाम फिक्कलमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा फिन लिट नेपाल प्रा.लि.सँग सहकार्य गर्दै सो कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तिय व्यवस्थापन, कर्जा व्यबस्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदीका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो ।

सो कार्यक्रममा त्यस क्षेत्रका ३५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x