बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

ज्ञानमाण्डू। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल, काठमाण्डौमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी तथा सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग विभागका प्रमुख भोला बहादूर बिष्टले संयूक्त रुपमा गर्नुभयो ।

Civil Bank

अब काठमाण्डाैंको बबरमहल स्थीत बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै संग भुक्तानी गर्न सक्नेछन् ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ४ एक्सटेन्सन काउन्टरहरु (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x