एनआरएन लघु वित्त वित्तीय संस्थाकाे विशेष साधारण सभा र रक्तदान कार्यक्रम सम्पन्न

ज्ञानमाण्डू। एनआरएन लघु वित्त वित्तीय संस्थाले धनगढीको कैलालीमा आफ्नो विशेष साधारण सभा आषाढ १४ गतेका दिन सम्पन्न गरेको छ। उक्त विशेष साधारण सभाबाट रामा रोशन  लघु वित्त वित्तीय संस्था, क्रिएटिभ  लघु वित्त वित्तीय संस्था र एनआरएन लघु वित्त वित्तीय संस्था १:१ बराबरको शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) मा गाभिने विशेष प्रस्ताप पारित भएको कुरा कम्पनी सचिव इन्द्र कुमार शाहले ज्ञानमाण्डूलाई बताएका छन्। 
विशेष साधारण सभाको अध्यक्षता एनआरएन लघु वित्त वित्तीय संस्थाका अध्यक्ष प्रमोद उप्रेतीले र सञ्चालन कम्पनी सचिव इन्द्र कुमार शाहले गरेका थिए। सँगै गैर आवासीय नेपाली सङ्घ (NRN) र नेपाल रेडक्रस सोसाइटी धनगढी सँगको सहकार्यमा  एनआरएन लघु वित्त वित्तीय संस्थाले सोही दिन रक्तदान कार्यक्रम पनि आयोजना गरेको जनाएको छ। 
एनआरएन लघु वित्त वित्तीय संस्थाले आफू सञ्चालनमा आएको ३ महिनामा "साथ सधैँको" भन्ने नारा सहित हाल २९ वटा शाखा कार्यालयहरू बाट  र आफ्ना १२६ कर्मचारीहरू मार्फत कुल १२९१८ सदस्यहरूलाई सेवा प्रधान गर्दै आइरहेको कुरा पनि कम्पनीले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x