प्रारम्भिक कक्षा पढाइ सम्बन्धी "रमाइलाे पढाइ" एप

ज्ञानमाण्डू। सरकारले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा सहयोग पु¥याउने उद्देश्यका साथ अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको संयोजकत्वमा बनाइएको “रमाइलो पढाइ” मोबाइल एप अब गुगल प्ले स्टोरमा उपलब्ध गराएको छ ।

प्रारम्भिक कक्षाका बालबालिकाहरूका लागि पढाइ रमाइलो बनाउन शिक्षक र अभिभावकहरूले सजिलै प्रयोग गर्न सक्ने गरी तयार पारिएको यस एन्ड्रोइड मोबाइल एपमा पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथाहरू र कविताहरूलाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तकहरूका साथ समावेश गरिनुका साथै नेपाली भाषालगायत १० स्थानीय भाषाहरूमा रेकर्ड गरिएका विभिन्न चेतनामूलक रेडियो सन्देश तथा रेडियो कार्यक्रमहरू पनि समाविष्ट रहेको कुरा शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्धारा ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईहरुलाई  जारी निर्देशनमा जनाइएकोछ ।

सो मोबाइल एपबारे स्थानीय तहका शिक्षा शाखा तथा जिल्लाभरिका सामुदायिक विद्यालयहरूलाई जानकारी गराई प्रधानाध्यापक, शिक्षक, आधारभूत तह प्रमुख, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रारम्भिक कक्षा पढाइ उपसमितिका सदस्यहरू मार्फत दौँतरी शिक्षक अभिभावकहरूसहित प्रारम्भिक कक्षाका बालबालिकाका अभिभावकवर्गलाई एप प्रयोग विधिबारे अवगत गराई मोबाइल फोनमा एप इन्स्टल गर्नका लागि आवश्यक सहयोग गरी एपको व्यापक प्रयोग गर्न–गराउन समेत निर्देश गरिएको छ ।

सो मोबाइल एपको परिचय र प्रयोग विधि देहाय बमोजिम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x