सपोर्ट लघुवित्तको ३१.५७८९५ प्रतिशत लाभांश प्रस्ताव



ज्ञानमाण्डू।सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक ५ गते, शुक्रबारका दिन बसेको सञ्चालक समितिको १६८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा ३१.५७८९४७३६३६% प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवितको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड ६० लाख रुपैंयाको ३० प्रतिशतले हुन आउने १ करोड ९८ लाख रुपैँया बराबरको बोनस शेयर र १.५७८९४७३६३६ प्रतिशतले हुन आउने १० लाख ४२ हजार १०५ रुपैँया बराबरको नगद लाभांश गरी कुल ३१.५७८९४७३६३६% प्रतिशत, लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने सपोर्ट वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।


प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा सपोर्ट लघुवित वित्तिय संस्था लिमिटेडले १० प्रतिशतले हुन आउने बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x