स्वस्तिक लघुवित्तकाे नाफा १ करोड १० लाख


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममास्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले १ करोड १० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वस्तिक लघुवित्तले ६६ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, स्वस्तिक लघुवित्तले ४४ करोड ६६ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २ करोड ८८ लाख रुपैयाँ रहेको छ।

स्वस्तिक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २४ प्रतिशतले बढेर २ करोड ९५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.२८ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x