कामना सेवा विकास बैंकको नाफा ३४ कराेड माथि, प्रतिशेयर आम्दानी कति ?

 kamana sewa bikas bank

ज्ञानमाण्डू। कामना सेवा विकास बैङ्कको नाफा ११.८९ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले ३९ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले ३४ कराेड ३६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कामना सेवा विकास बैङ्कले ४७ अर्ब  ७३ कराेड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब १ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९४ करोड १० लाख रुपैयाँ र संचित मुनाफा ९ कराेड ६७ लाख रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ९ कराेड ६७ लाख रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.७७ प्रतिशत र प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा र पछिल्लाे काराेबार मूल्य रू ५७८ काे आधारमा मूल्य आम्दानी अनुपात २६.४३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x