रगतको अभाव हुँदा बिरामी समस्यामा परे

ज्ञानमाण्डू।रक्तदानका कार्यक्रम नभएपछि चितवनका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव हुन थालेको छ । 

कोरोना भाइरस सङ्क्रमणको जोखिम वढ्दैगएपछि रक्तदानका कार्यक्रम नै कम भएका हुँदा रगतको अभाव देखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले जानकारी दिए । 

सभापति न्यौपानेले जिल्ला प्रशासन कार्यालयले जमघटका कार्यक्रम स्थगित गर्न आह्वान गरेसँगै रगतको समस्या परेको बताए ।

सभा, सम्मेलन र जमघटका कार्यक्रम नगर्न अनुरोध भएपछि जिल्लामा आयोजना गर्न लागिएका १० वटा रक्तदानका कार्यक्रमसमेत स्थगित भएका छन् । 

विद्यालय, विभिन्न सामाजिक सङ्घसंस्था लगायतका वार्षिकोत्सवमा हुने रक्तदानका कार्यक्रम वार्षिकोत्सवसँगै स्थगित हुँदा रगत सङ्कलन गर्न कठिन परेको सभापति न्यौपानेले बताए । “रक्तदान कार्यक्रम नहुँदा बिरामी र बिरामीका आफन्तले स्रोत भर्नामार्फत सङ्कलन भएको रगतले मात्रै यहाँका अस्पतालमा रगत उपलब्ध गराउनुपरेको छ”, उनको भनाइ छ । 

जिल्लाका अस्पतामा रातो रगतसँगै सेतो रगतको माग पनि हुँदै आएको छ । भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगै जिल्लाका अन्य साना अस्पतालमा हुने नियमित शल्यक्रियमा समेत रगत पुर्‍याउन नसकिएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ । 

अहिले रक्तदाता स्वंयसेवी संस्थालेसमेत रक्तदाता जुटाउन समस्या परेको जनाइएको छ । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत आवश्यक पर्ने गर्दछ । कार्यालयले चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायत जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गरेको थियो । ती जिल्लामा समेत रक्तदान नहुँदा रगतको मागअनुसारको पूर्ति गर्न कठिन भएको केन्द्रले जनाएको छ । 

जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्दछ । यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा रगत आवश्यक पर्दछ । रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x