नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबिच सम्झौता, साना उद्यमहरुलाई सहुलियतपुर्ण कर्जा

ज्ञानमाण्डू।नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ (FEWAN), एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम (SME) कर्जा प्रदान गर्ने सम्झौता गरेको बैंकले जानकारी दिएको छ।

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुर्याउने बैंकले उल्लेख गरेको छ । यसका साथै ती उद्यमीहरुले FEWAN बाट वित्तिय सल्लाह र विकास सहयोग पाउने बैंकले थप उल्लेख गरेको छ। यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ ।

श्री निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुबित्त, नबिल बैंक र श्रीमती रीता सिम्हा, अध्यक्ष, FEWAN ले सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ।

साझेदारीको बारेमा बोल्दै श्री निरज कुमार बस्नेत (डनिल) ले भन्न्नुभायो “नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तिय पहुच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ । हामीले FEWAN को सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋणकर्जाहरू प्रदान गर्ने उदेश्य राखेका छौ । FEWAN का सदस्यहरूको आवश्यकता अनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ ।”

त्यस्तै FEWAN की अध्यक्ष सुश्री रीता सिम्हाले भन्न्नुभायो, “महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन । महिला उद्यमीलाई वित्तिय पहु“चका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैंक प्रति कृतज्ञ छौं ।”

नबिल बैंकले देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको जनाएको छ.। एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित रहेको बैंकले जनाएको छ।

FEWAN एक गैर नाफामुलक संस्था, देशको आर्थिक प्रगतिमा महिला उद्यमीहरूको सामूहिक प्रयासहरूको प्रतिनिधित्व गर्ने लक्ष्य राख्ने  FEWAN नेपाल महिला उद्यमी संघको केन्द्रिय निकाय हो र यसको बोर्डमा २७ सदस्य रहेका छन् । अन्ततः महिला उद्यमशीलताको दृष्टिकोणलाई आर्थिक बृद्धि र गरिबी निवारणको योगदानलाई सामाजिक आर्थिक क्षेत्रमा सबै तहमा महिलाको सहभागितातर्फ परिमार्जन गर्न खोजेको यस  FEWAN को  अहिले सम्म २५०० भन्दा बढी सदस्यता रहेको व्यहोरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x