मुक्तिनाथ विकास बैंकद्धारा श्री चमरधाप प्राथमिक विद्यालयका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न



ज्ञानमाण्डू। मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निमार्ण गर्नका लागि रु २ लाख आर्थिक सहयोग गरेको बैंकले जनाएकाे छ ।

बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रम बीच उक्त रु २ लाख को (चेक) हस्तान्तरण गरेको जनाएकाे छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख श्री मनोज विष्ट , बिर्तामोड शाखाका प्रबन्धक श्री हरि ओझा र अन्य कर्मचारीहरुको उपस्थिति तथा राउन्ड टेबलको तर्फबाट अध्यक्ष श्री सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको बैंकले बताएकाे छ ।

यस सहयोगबाट यस विद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको जनाएकाे छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्इ प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएकाे छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x