प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश वितरण प्रस्ताव

Premier Insurance

ज्ञानमाण्डू।प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर ३ गते, शुक्रबारका दिन बसेको सञ्चालक समितिको ३०० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १५ प्रतिशतले हुन आउने लाभांश(कर समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार रुपैयाँ बाबरको बोनस शेयर र ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार रुपैयाँ बाबरको नगद लाभांश(कर प्रयोजनार्थ समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x