छिमेक लघुवित्तको आकर्षक लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद लाभांश ?



ज्ञानमाण्डू।छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर १ गते, बुधबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल ३० प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवितको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ८३ करोडको २७ प्रतिशतले हुन आउने ४९ करोड ४१ लाख रुपैँया बराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ५ करोड ४९ लाख रुपैंया बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने छिमेक वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा छिमेक लघुवित वित्तिय संस्था लिमिटेडले २२ प्रतिशतले हुन आउने बोनस शेयर र ७ प्रतिशतले हुन आउने नगद लाभांश गरी जम्मा २९ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x