जीवन विकास लघुवित्त आक्रामक रूपमा व्यवसाय विस्तार गर्दै, प्रतिशेयर आम्दानी कति?

jeevan bikas laghubitta
ज्ञानमाण्डू। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १०१.९७ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३४ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ६८ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

६० करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको जीवन विकास लघुवित्तले ८ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, जीवन विकास लघुवित्तले ९ अर्ब ९२ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

जीवन विकास लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४९.२९ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.६१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ११३ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३१५ रुपैयाँ २२ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १३६९.३० काे आधारमा मूल्य आम्दानी अनुपात १२.०८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x