अभियान लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे: SLC/SEE, +2 पास र अनुभव नहुनेका लागि सुनौलो माैका

aviyan laghubitta

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो । हाल नेपालको सात प्रदेशका २१ जिल्लामा ६० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको साे वित्तीय संस्थाले तपसिल अनुसारका रिक्त पदमा योग्यता पुगेका दक्ष, उत्साही र परिणाममुखी नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरेकाे छ । योग्य आवेदकबाट रितपूर्वक भरिएको दरखास्त फारम, बायोडाटा, नागरिकता प्रमाणपत्र, फोटो र शैक्षिक योग्यताहरुको प्रमाणपत्रका साथै तोकिएको कार्य अनुभव खुल्ने कागजात सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५(पन्ध्र) दिनभित्रमा [email protected] मा इमेल गर्न वा संस्थाको केन्द्रीय कार्यालय पनौती न. पा.-४, काभ्रेपलाञ्चोकमा बुझाउन सकिनेछ । छनौट सूचीमा परेका आवेदकहरुलाई मात्र टेलिफोन मार्फत जानकारी गराईने कम्पनीले उल्लेख गरेकाे छ ।
१. उमेरको हद : आवेदन बुझाउने अन्तिम मितिमा सहायक श्रेणीमा १८ वर्ष पूरा भई ३५ ननाघेको । अधिकृत श्रेणीमा १८ वर्ष पूरा भई ४० बर्ष ननाघेको तर महिला आवेदकको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ।

२. तलब भत्ता तथा सुविधा : संस्थाको नियम अनुसार हुनेछ ।

३. कार्य गर्नुपर्ने स्थान : संस्थाले तोकेको कार्यालय।।

४. दरखास्त दिने अन्तिम मिति : प्रथम पटक प्रकाशित मितिले १५ (पन्ध) दिनभित्र ।

५. दरखास्त फाराम पाउने स्थान : यस वित्तीय संस्थाको वेभसाइट: www.aviyanlaghubitta.com मा गई डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

६. छोटो सूची प्रकाशन : संस्थाको केन्द्रीय कार्यालयमा प्रकाशन गरिनेछ ।
७. परिक्षा दस्तुर : सहायक श्रेणीका आवेदकले परिक्षामा सहभागी हुँदा परिक्षा दस्तुर वापत रु. ५००/- र अधिकृत श्रेणीका आवेदकले अन्तरवार्ता परिक्षामा सामेल हुँदा रु. १,०००/- बुझाउनु पर्नेछ ।

८. परिक्षाको किसिम : प्रशिक्षार्थी कनिष्ठ सहायकको लागि लिखित, ५ कार्य दिनको फिल्ड अवधारणा तथा अन्तरवार्ता हुनेछ । अन्य पदका लागि प्रस्तुतिकरण र अन्तरवार्ता ।

९. कुनै कारण जनाई वा नजनाई विज्ञापन आंशिक वा पूर्ण रुपमा रद्द गर्ने र आवेदन स्वीकार/अस्वीकार गर्ने सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहने छ ।

अभियान लघवित्त वित्तीय संस्था लिमिटेड Aviyan Laghubitta Bittiya Sanstha Limited
(नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था)
केन्द्रीय कार्यालय : पनौती नगरपालिका-४, काभ्रे,
फोन नं.: ०११-४४१०२७/२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x