वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री

ज्ञानमाण्डू।अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको बताए । 

वित्तीय स्थायित्व हुन नसके आर्थिक स्थायित्वमा समेत असर पर्ने बताउँदै उनले बैङ्किङ गतिविधिमा वित्तीय समावेशी हुनुपर्ने धारणा राखे । अर्थमन्त्री डा खतिवडाले लघुवित्तबाट माथि उक्लिएका वित्तीय संस्थाले अन्य बैङ्कबाट आर्थिक सहयोग नपाइरहेको भन्दै ती वित्तीय संस्थालाई समावेशीकरण ल्याउने प्रयास भइरहेको बताए । 

उनले बैङ्कले गर्न नसकेको जोखिम व्यवस्थापन बिमा संस्थाले गरिरहेको भनाइ राखे । गैर बैङ्किङ संस्थाले पनि वाणिज्य बैङ्कको काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले पछिल्लो पटक छायाँ बैङ्किङ मौलाएको बताए । 

सम्मेलनमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्लो समय बैङ्कले कृषि, ऊर्जाजस्ता उत्पादन क्षेत्रमा लगानी बढाएको जानकारी दिए । उनले उत्पादकत्व क्षेत्रमा लगानी बढ्यो भने व्यापार घाटा कम भई मुलुकको अर्थतन्त्रमा स्थायित्व बढ्ने बताए । उनले नेपालको आर्थिक, बैङ्किङ तथा वित्तीय क्षेत्रमा स्थायित्व देखिएको बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x