धादिङका साना किसान तथा व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा



ज्ञानमाण्डू। मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरुलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केटस् लिमिटेड र धादिङ उद्योग बाणिज्य संघबीच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार, त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा व्यवसायीहरुलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा संचालनका लागि मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङस्थित शाखा कार्यालयवाट सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लगानीका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले लक्षित साना किसान तथा लघु ब्यवसायीहरुलाई बैंक समक्ष सिफारिस गर्नेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा मेगा बैंकका प्रमुख लघु तथा कृषि कर्जा पुण्यप्रसाद खनियाले साना किसान तथा लघु व्यवसायीहरुलाई मेगा बैंकको त्रिपुरासुन्दरी गाउँपालिका स्थित शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताउनुभयो । मेगा बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विपन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको बताउँदै उहाँले साना किसान तथा लघु व्यवसायीहरुलाई वित्तीय साक्षरताका साथै आधुनिक बैंकिङ्ग सेवामा आबद्ध गराउने जानकारी पनि दिनुभयो ।

यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ कृषि, लघु तथा साना कर्जा प्रवाह गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताउनुभयो । मेगा बैंकको सहुलियतपूर्ण कर्जा सहायताले साना किसान तथा लघु उद्यमीहरुलाई थप आत्मबल प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x