चालु आ.व.को कात्तिक अन्त्यसम्म शोधनान्तर घाटा डेढ खर्ब, असोजको तुलनामा मात्रै दुई गुणाको वृद्धि


ज्ञानमाण्डू। आर्थिक क्रियाकलाप चलायमान भएता पनि बढ्दो वस्तु व्यापार घाटा र घट्दो विप्रेषण आप्रवाह र विदेशी मुद्रा संचितिले पछिल्लो समय मुलुकको अर्थतन्त्र झन् बिग्रदैं गएको देखिएको छ। असोज मसान्तको तुलनामा रु. ७४ अर्ब २४ करोडले वृद्धि भएको शोधनान्तर घाटा चालु आर्थिक वर्षको कात्तिकमा डेढ खर्ब रुपैयाँ अधिकले नकारात्मक देखिएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को गत कात्तिक महिनाको अन्त्यसम्मको अवधिमा शोधनान्तर स्थिति रु.१ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् श्रावणमा मात्रै मुलुकबाट बाहिरिने र भित्रिने रकम बिचको अन्तर (शोधनान्तर स्थिति) ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा रहेको थियो । त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो महिना(भाद्र)मा आइपुग्दा पुन वृद्धि हुँदै ८३ अर्ब ४१ करोड रुपैयाँ नोक्सानीमा रहेको यस्तो घाटा गत असोज अन्त्यसम्मको अवधिमा  रु.७६ अर्ब १४ करोड पुगेको केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको थियो । पछिल्लो एक महिनामा नै यस्तो घाटा दोब्बर भएको राष्ट्र बैङ्कले प्रकाशित प्रतिवेदनले देखाएको छ।    




चालु आर्थिक वर्ष २०७८/७९ को कात्तिक महिनाको अन्त्यसम्मको अवधिमा मुलुकको शोधनान्तर स्थिति रु.७६ अर्ब १४ करोड नकारात्मक रहेको केन्द्रीय बैङ्कले प्रकाशन गरेको तथ्याङ्कले जनाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३५.९१ प्रतिशतको गिरावट हो। गत आ.व.को सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६४ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो आ.व.को सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको तथ्याङ्कले जनाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३५.२ प्रतिशतको गिरावट हो।

समीक्षा अवधिमा चालु खाता २२३ अर्ब १९ करोडले घाटामा रहेको छ । गत आ.व.को सोही अवधिमा चालु खाता रु.१९ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आ.व.को सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता चालु आ.व.को तेस्रो महिनाको अन्त्यसम्म आइपुग्दा १ अर्ब ८८ करोडले घाटामा रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।

चालु आर्थिक वर्षको असोजसम्म आइपुग्दा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आई रु.२ अर्ब ५२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७ प्रतिशतले वृद्धि भई रु.६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ७५ करोड रहेको थियो ।

स्रोत: नेपाल राष्ट्र बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x