धितोपत्र बजारमा वृद्धि, झन्डै एक दर्जन कम्पनीको शेयर सर्किट लेभलमा कारोबार


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक आज १ दशमलव ९४ अंकले बढेर २६५४ दशमलव ६९ को विन्दुमा कायम हुँदा झन्डै एक दर्जन कम्पनीको शेयर, सर्किट लेभलमा कारोबार भएको छ। आज समाता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३२ अंकले बढेर ४७५ दशमलव ४४ को विन्दुमा पुगेको छ ।



आज कूल २१३ कम्पनीका १ करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर रु ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ८३ अर्ब १३ करोड ३६ लाख २० हजार बराबर पुगेको छ ।



कारोबार भएका कूल १३ उपसमूह मध्ये ६ उपसमूहको शेयर वृद्धि भएको छ । आज ट्रेडिङ उपसमूह ९२ दशमलव ९३ अङ्कले बढ्दा जलविद्युत उपसमूह ३० दशमलव ९२ अङ्कले,  उत्पादन उपसमूह ६ दशमलव २७ अङ्कले, लघुवित्त उपसमूह १३७ दशमलव ८२ अङ्कले, सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव २३ अङ्कले बढेको छ। यता, बैंकिङ उपसमूह ७ दशमलव ६४ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ३५ दशमलव ७७ अङ्कले, विकास बैंक उपसमूह ११ दशमलव २४ अङ्कले, वित्त उपसमूह ३ दशमलव ०८ अङ्कले, निर्जीवन बीमा ३६ दशमलव ६१ अङ्कले, अन्य उपसमूह २० दशमलव ११ अङ्कले र जीवन बीमा उपसमूह ६४ दशमलव २३ अङ्कले घटेको छ।



कारोबारको आधारमा आज नेपाल नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २३ करोड ९ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज १ दशमलव ३८  प्रतिशतले बढेको छ । त्यस्तै, अरुण काबेली पावर लिमिटेडको २१ करोड ८३ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ३ दशमलव २४ प्रतिशतले बढेको भएको छ ।

आज ग्रामिण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको १६ करोड ८९ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको १६ करोड ४८ लाख रुपैयाँ माथिको र अपी पावर कम्पनी लिमिटेडको १४ करोड ६७ लाख माथिको शेयर कारोबार भएको छ।



नेप्से परिसूचक आज १ दशमलव ९४ अंकले बढ्दा झन्डै एक दर्जन कम्पनीको शेयर, सर्किट लेभलमा कारोबार भएको छ। आज समाता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले समान १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसै गरि, विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। यता सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने राधी विद्युत कम्पनी  लिमिटेड र रुरु जलविद्युत परियोजना लिमिटेडका लगानीकर्ताले समान ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, सिंगटी हाईड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ दशमलव ६८ प्रतिशतका दरले, युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ८ दशमलव ९९ प्रतिशतका दरले र सिनर्जी पावर डेभेलप्मेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ८ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।



यता, चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले १ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् । यता एन एल जी इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले १ दशमलव ७३ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन जनरल  इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले १ दशमलव ६३ प्रतिशतका दरले गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x