मेरो माइक्रोफाइनान्सको नाफा १४५.५१ प्रतिशतले बढ्यो, ईपीएस कति ?


ज्ञानमाण्डू। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १४५.५१ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले १८ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४४ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको मेरो माइक्रोफाइनान्स लघुवित्तले २ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै मेरो माइक्रोफाइनान्स लघुवित्तले १० अर्ब ५ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ६३ करोड १२ लाख रुपैयाँ रहेको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७२.४६ प्रतिशतले बढेर ९० करोड १० लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ३.७८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ १२ पैसा छ र मूल्य आम्दानी अनुपात ३४.५७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x