धितोपत्र बजारमा गिरावट, नेप्से २७८२.६८ को विन्दुमा


 
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर २७८२ दशमलव ६८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ५८ अंकले घटेर ५०० दशमलव ४७ को विन्दुमा पुगेको छ ।

आज कूल २१८ कम्पनीका ३ करोड ०८ लाख ८८ हजार ६९५ कित्ता शेयर रु १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये सामूहिक लागनी कोष शुन्य दशमलव ०४ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह १९ दशमलव ०२ अङ्कले घटदा ट्रेडिङ उपसमूह १६८ दशमलव ०९ अङ्कले, होटल तथा पर्यटन ०.८१ अङ्कले, विकास बैंक ५६.९७ अङ्कले, जलविद्युत् उपसमूह १२९.९३ अङ्कले, वित्त १२.८१ अङ्कले, लघुवित्त ९.९९ अङ्कले, निर्जीवन बीमा ३८०.८८ अङ्कले, उत्पादन १०३.२१ अङ्कले, अन्य उपसमूह ५२.५३ अङ्कले, जीवन बीमा ३५६.९ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ९८ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x