नेप्सेमा सोमबार दुई कम्पनीको बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार कात्तिक २९ गते सोमबारका दिन दुई कम्पनीको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ। नेप्सेमा सोमबार अपि पावर कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो। 

नेपाल स्टक एक्सचेन्जमा सोमबार अपि पावर कम्पनी लिमिटेडको कुल २६ लाख  २१ हजार ५९४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १०.५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।


त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । इन्स्योरेन्सको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।


शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x