नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ज्ञानमाण्डू।कम्पनीको साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (माघ १३ गते) अन्तिम दिन रहेको छ। 

कम्पनीको माघ ५ गते, सोमबार बसेको सञ्चालक समितिको ३१४ औं बैठकले गरेको निर्णय अनुसार कम्पनीको बिसौँ वार्षिक साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजेबाट सुरू हुने जनकारी दिएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।

यसका साथै, सभामा सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । यता, नेपाल लाइफले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी (स्प्लीट) प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिसेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने तथा कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू छलफल गरी पारित गरिने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७६७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x