सन नेपाल लाइफको आइपिओ निष्काशन गर्ने प्रस्ताव कहिले हुँदै छ पारित ?


ज्ञानमाण्डू।सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक शेयर(आइपिओ) निष्कासन गर्ने हेतु स्वरूप आगामी २०७८ साल श्रावण २५ गते, सोमबारका दिन तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । इन्स्योरेन्सको सो सभा दिउसो ३:०० बजे पश्चात् भिडियो कन्फ्रेन्सको माध्यम मार्फत आरम्भ हुने सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जानकारी दिएको छ। इन्स्योरेन्सको श्रावण ३ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

इन्स्योरेन्सको प्रमुख प्रस्ताव मध्य, सभाले सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर(आइपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ । ६० करोड रकम बराबरको साधारण शेयरको निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब हुनेछ ।

इन्स्योरेन्सको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७५/०७६ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेन्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७६/०७७ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेन्डा कम्पनीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x