धितोपत्र बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २४३२.१४ को विन्दुमा



ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४ अंकले बढेर २४३२ दशमलव १४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ११ अंकले बढेर ४३८ दशमलव ४६ को विन्दुमा पुगेको छ ।




आज कूल २१२ कम्पनीका ८६ लाख २६ हजार ६६७ कित्ता शेयर रु ६ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ मध्ये अधिकांस उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ उपसमूह १९ दशमलव १५ अङ्कले बड्दा ट्रेडिङ उपसमूह ४२.९ अङ्कले, होटल तथा पर्यटन ११२.६९ अङ्कले, विकास बैंक २६.८२ अङ्कले, जलविद्युत् ३१.०१ अङ्कले, वित्त १३.५३ अङ्कले, निर्जीवन बीमा २२४.८७ अङ्कले, उत्पादन ९८.०८ अङ्कले, अन्य उपसमूह ४७.४३ अङ्कले, लघुवित्त ११३.८७ अङ्कले, जीवन बीमा ३७२.५८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १ अङ्कले र लगानी उपसमूह १ दशमलव २६ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x