सिटिजन्स बैङ्कको आकर्षक लाभांश प्रस्ताव, हेर्नुस् कति दिँदै छ बोनस र नगद लाभांश


ज्ञानमाण्डू। सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल आश्विन ८ गते, शुक्रबारका दिन बसेको सञ्चालक समितिको ३७५ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १६ प्रतिशतले हुन आउने लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार ११५ रुपैयाँको १२.९१३ प्रतिशतले हुन आउने रकम बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ३.०८७ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने सिटिजन्स बैंक लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा सिटिजन्स बैंक लिमिटेडले ८ प्रतिशतले हुन आउने रकम बोनस शेयर र ३ प्रतिशतले हुन आउने रकम नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x