"Bizbazar भव्य उत्सव" : चाडबाडको उमङ्ग भव्य OFFERS सँग

ज्ञानमाण्डू। आम नेपाली सेवाग्राहीहरूले गरेको प्रगाढ विश्वास तथा बिजबजारप्रतिकाे सकारात्मक दृष्टिकोणले सञ्चालनको छोटो समयमै सेवाग्राही माझ लोकप्रिय हुन सफल तथा नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै "Bizbazar भव्य उत्सव" नामक योजना चाडबाडको उमङ्ग भव्य OFFERS सँग भन्ने नाराका साथ ल्याउने भएको छ । 

चाडपर्वमा सेवाग्राहीहरूले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूको माग अनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले बताएको छ। "Bizbazar भव्य उत्सव" अन्तर्गत सबै वर्गका सेवाग्राहीहरूले विभिन्न क्याटेगाेरिजका सामानहरू खरिद गर्दा ७० प्रतिशत सम्म छुट सहित विविध रोमाञ्चक र आकर्षक योजनाहरू तथा उपहारहरू एवं बम्पर उपहारहरू समेत प्राप्त गर्न सक्नेछन्।

कम्पनीले यस योजना अन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्ने मौका प्राप्त गर्नेछन्। योजना अन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशः रूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ।

"Bizbazar भव्य उत्सव" का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएकाे छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि याे सेवा लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x