एन आई सी एशिया बैंकको ‘Quick Pay’ सेवा सार्वजनिक


ज्ञानमाण्डू। एन आई सी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका API इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक अत्यन्तै प्रभावकारी ‘Quick Pay’ सेवाको सुरुवात गरेको छ । हस्पिटालिटी, ट्राभल/टुर्स, टेलिमेडिसिन, अनलाईन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडी बढाइरहेका व्यवसायीहरूलाई लक्षित गर्दै बैंकले सुरुवात गरेको यस ‘Quick Pay’ सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस बैंकबाट ‘Quick Pay’ सेवा लिन चाहनुहुने व्यवसायीहरूले बैंकसमक्ष पुगी सम्झौता गरेपश्चात् बैंकले वहाँहरूलाई भुक्तानी लिने लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ भने उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ईमेल, एसएमएस (SMS) तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन सकिनेछ । उपभोक्ताहरूले आफ्नो ल्यापटप वा कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ्ग एवं इन्टरनेट बैंकिङ्गमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्नेछन् ।


अनलाईन भुक्तानी सेवामा आबद्ध नभएका ई–कमर्श कम्पनीहरूले ‘Quick Pay’ को माध्यमबाट भुक्तानी लिनुका साथै अफलाईन व्यवसाय गरिरहेका व्यवसायीहरूले समेत यस माध्यमबाट भुक्तानी लिई मुलुकलाई डिजिटल कारोबारतर्फ अग्रसर गराउन सक्नेछन् । यस Quick Pay सेवाले अनलाईन र अफलाईन भुक्तानीको बीच गतिशील पुलको रुपमा काम गर्दै डिजिटल कारोबारलाई एउटा नयाँ उचाइमा पु¥याउन अर्थपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x