"एन्टार्टिका" चिसो महादेशका रोचक तथ्यहरू

ज्ञानमाण्डू। एन्टार्टिका महादेश सात महादेश मध्येकै चिसो महादेश हो। यो चारैतिरबाट दक्षिण महासागरले घेरिएको छ। यो महादेशमा तीव्र गतिमा हावा चल्नुका साथै एकदमै कम मात्रामा पानी पर्ने हुँदा यसलाई चिसो मरुभूमि पनि भनिन्छ। कुनै स्थायी मानव बस्ती नभएको तर विभिन्न समुद्री जीवहरू भने पाइने यो महादेशमाको बारेमा निम्न विभिन्न रोचक तथ्यहरू रहेका छन्।
  • एन्टार्टिकामा कुनै किसिमको शल्यक्रिया सेवा उपलब्ध नभएको हुँदा यदि तपाईँले एन्टार्टिकामा काम गर्न चाहनुहुन्छ भने सबै भन्दा पहिला आफ्नो दाँत र एपेन्डिक्स निकाल्नु पर्ने हुन्छ।
  • अन्य देश जस्तै यहाँको पनि आफ्नो top level domain छ जुन .aq हो।
  • करिब ५२ लाख वर्ष पहिले यो स्थान अहिलेको तुलनामा धेरै तातो थियो। त्यति बेला यहाँको किनारमा विभिन्न बिरुवा उम्रने गर्दथे। त्यति बेलाको यहाँको औसत तापक्रम २०° C हुन्थ्यो।
  • यो महाद्वीपमा पहिलो concert Metallica Band ले गरेको थियो।
  • यहाँ एउटा Nuclear Power Station पनि छ जसको नाम Mcmurdo Station हो र यो सन् १९६२ देखि सञ्चालनमा छ।
  • यहाँ एउटा फायर स्टेसन पनि छ जसको नाम Murdo Station हो।
  • Antarctica मा एउटा Bar पनि छ, जून संसारको सबै भन्दा दक्षिणमा रहेको Bar मानिन्छ।
  • पृथ्वीको सबै भन्दा कम तापक्रम -१२८.५६ फरेनहाइट भएको दिन २१ जुलाई १९८३ थियो। सो तापक्रम यही महादेशमा रहेको Vostok Station मा मापन गरिएको थियो।
  • १४ लाख Square Kilometers क्षेत्रफल रहेको यो महादेश पाँचौँ ठुलो महादेश हो।
  • पृथ्वीमा रहेको कुल पानीको ७०% हिस्सा यही रहेको छ।
  • यहाँको बरफको औसत मोटाई करिब १.६ किलोमिटर छ।
  • दक्षिणी ध्रुवमा पुग्ने पहिलो व्यक्ति नर्वेका Roald Amundsen थिए जसले १४ डिसेम्बर १९११ का दीन त्यहाँ आफ्नो देशको झन्डा पनि गाडेका थिए।
  • १९५९ मा १२ देशले गोप्य वार्ताबाट यो महादेशलाई Peaceful Research Activities को लागी प्रयोग गरिने भनी एक सन्धिमा हस्ताक्षर गरेका थिए, तर आजसम्मको जानकारीमा यो सन्धिमा करिब ४८ देशले हस्ताक्षर गरेका छन्।
  • १९७९ को जनवरीमा Emile Marco Palma को जन्म यहाँ भएको थियो। अर्जेन्टिनाले यो महादेशलाई आफ्नो हिस्सा बनाउन एउटी गर्भवती महिलालाई यहाँ पठाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x