अष्ट्रेलियामा सङ्कटकालको घोषणा

ज्ञानमाण्डू।अस्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ ।आगलागीका कारण अत्यन्त प्रदूषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् । 

आगलागीका कारण कतिपय घरहरूमा क्षति पुगेको र विषाक्त हावा फैलिएको र त्यस क्षेत्रको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको जनाइएको छ । बिहीबार लागेको आगलागी नियन्त्रणका लागि हजारौँ अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । अधिकारीहरूले आ–आफ्नो तरिकाले सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आह्वान गरेका छन् ।
अस्ट्रेलियामा प्रायः हरेक वर्ष यस्तै अत्यधिक गर्मी हुने र गर्मीका बेलामा आगलागीका घटनाहरू पनि धेरै हुने गरेको अधिकारीहरूको भनाई छ । देशको सर्वाधिक प्रदूषित भएको ‘न्यु साउथ वेल्स’ राज्यका १ सय भन्दा बढी ठाउँमा आगलागी भएको र आगलागी नियन्त्रण बाहिर रहेको जनाएको छ । न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री ग्लाडीस बेरोजिक्लीनले सात दिनका लागि सङ्कटकालको घोषणा गरेका छन् ।रा.स.स 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x